भिसा दस्तुरः
१. नियोग वा प्रवेशस्थल नियोग वा प्रवेशस्थल नियोग वा प्रवेशस्थल स्थित कार्यालयले पर्यटक भिसा जारी गर्दा लाग्ने दस्तुरः- स्थित कार्यालयले पर्यटक भिसा जारी गर्दा लाग्ने दस्तुरः
(क) पन्ध्र दिनको बहु प्रवेशी सुविधा सहितको भिसाका लागि २५ अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
(ख) ३० दिनको बहु प्रवेशी सुविधा सहितको भिसाका लागि ४० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
(ग) ९० दिनको बहुप्रवेशी सुविधा सहितको भिसाका लागि १०० अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा ।
(घ) खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रका राहदानी बाहकलाई ३० दिनसम्मको अवधिका लागि भिसा दस्तुर लाग्ने छैन ।
२. पर्यटक भिसाको म्याद थप वा नियमित गर्दा लाग्ने दस्तुरः पर्यटक भिसाको म्याद थप वा नियमित गर्दा लाग्ने दस्तुरः
(क) म्याद थप गर्न प्रति दिनको २ अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(ख) म्याद थप अवधिका लागि मात्र मान्य हुने गरी बहुप्रवेशी सुविधा माग गरेमा खण्ड (क) बमोजिमको दस्तुरमा थप २० अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(ग) पर्यटक भिसाको म्याद थप नगरी बसेका बिदेशीको भिसा नियमित गर्नु परेमा प्रति दिनको ३ अमेरिकी डलरका दरले हुने नेपाली मुद्रा यस नियमावली बमोजिम भिसा म्याद थप गर्दा लाग्ने साधारण दस्तुरमा थप दस्तुर लाग्ने छ ।
(घ) पर्यटक भिसामा बस्न पाउने अवधि १५० दिनभन्दा बढि अवधि भिसाको म्याद थप नगराई बसेका विदेशीका हकमा क्रम संख्या २ को खण्ड (ग) मा उल्लिखित दस्तुर र ऐनको दफा १०(४) बमोजिम हुन सक्ने जरिवाना समेत थप लाग्नेछ ।
(ङ) क्रम संख्या २ को खण्ड (क) मा जेसुकै लेखिएको भए तापनि पर्यटक भिसाको म्याद थप गर्ने प्रयोेजनका लागि भिसा दस्तुरको गणना गर्दा १५ दिनभन्दा कम अवधिको भए १५ दिनको र सो भन्दा बढी अवधिको भए क्रमसंख्या २ को खण्ड (क) बमोजिमको दस्तुर लाग्नेछ ।
३. अध्ययन भिसा जारी गर्दा वा म्याद थप गर्दा लाग्ने दस्तुर :- अध्ययन भिसा जारी गर्दा वा म्याद थप गर्दा लाग्ने दस्तुर :-
(क) प्रवेशको समयमा ३० दिनको अध्ययन भिसा जारी गर्नु परेमा ३० अमेरिकी डलर वा सो बराबरको अन्य परिबत्र्य बिदेशी मुद्रा ।
(ख) अध्ययन भिसा जारी गर्दा वा म्याद थप गर्दा शैक्षिक उपाधि प्राप्त हुने गरी (Degree Programme) अध्ययनरत विद्यार्थी र तिनका आश्रित परिवारलाई प्रति महिना ) २० अमेरिकी डलर बराबरको नेपाली मुद्रा, शैक्षिक उपाधि प्राप्त नहुने गरी ( Non Degree Programme) अध्ययनरत विद्यार्थी र तिनका आश्रित परिवारलाई प्रति महिना ५० अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(ग) बंगलादेशबाट अध्ययन गर्न आउने बिद्यार्थी र तिनका आश्रित परिवारलाई पारस्परिकताको आधारमा बहुप्रवेशी अध्ययन भिसा जारी गर्दा बार्षिक अमेरिकी डलर १५ बराबरको नेपाली
मुद्रा ।
(घ) माल्दिभ्सबाट अध्ययन गर्न आउने बिद्यार्थी र तिनका आश्रित परिवारलाई पारस्परिकताको आधारमा बहुप्रवेशी अध्ययन भिसा जारी गर्दा बार्षिक २५ अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(ङ) भुटानबाट अध्ययन गर्न आउने बिद्यार्थी र तिनका आश्रित परिवारलाई बहुप्रवेशी अध्ययन भिसा जारी गर्दा मासिक १० अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(च) क्रम संख्या ३ को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि श्रीलंका र पाकिस्तानबाट अध्ययन गर्न आउने बिद्यार्थीलाई पारस्परिकताका आधारमा अध्ययन भिसा जारी गर्दा भिसा
दस्तुर लाग्ने छैन ।
तर यी विद्यार्थीका परिवारलाई अध्ययन भिसा जारी गर्दा मासिक १०(दश) अमेरिकी डलर बराबरको नेपाली मुद्रा भिसा शुल्क वापत लाग्नेछ ।
(छ) नेपाल स्थित विश्वविद्यालयहरु र विदेशी विश्वविद्यालयहरु बीच शिक्षक आदान–प्रदान कार्यक्रम
अन्तर्गत नेपाल आई निशुल्क अध्ययन भिसा प्राप्त गर्ने भनी निर्णय भएका विदेशीका आश्रित
परिवारलाई अध्ययन भिसा जारी गर्दा मासिक दश अमेरिकी डलर बराबरको नेपाली मुद्रा । धधध।
(ज) अध्यापन तथा अनुसन्धान गर्न आउने अन्य विदेशी र तिनका आश्रीत परिवारलाई मासिक ४०
अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
४. गैर पर्यटक भिसा जारी गर्दा वा म्याद थप गर्दा लाग्ने दस्तुर :- गैर पर्यटक भिसा जारी गर्दा वा म्याद थप गर्दा लाग्ने दस्तुर :-
(क) प्रवेशको समयमा ३० दिनको गैर पर्यटक भिसा जारी गर्नु परेमा अमेरिकी डलर ३० वा सो
बराबरको परिवत्र्य बिदेशी मुद्रा ।
(ख) नेपाली मूलका विदेशी र नेपाली बाबु वा आमाका विदेशी राहदानी बाहक सन्तानलाई प्रति
महिना ५ अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(ग) पत्रकारहरु र तिनका आश्रित परिवारलाई प्रति महिना १० अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(घ) नेपाल सरकारको कार्यालय वा आयोजनामा प्रत्यक्ष रुपमा संलग्न भई कार्यरत हुने बिदेशीहरु र
तिनका आश्रित परिवारलाई प्रति महिना २० अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(ङ) नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई प्रति महिना १० अमेरिकी डलर बराबरको नेपाली
मुद्रा ।
(च) नेपाली नागरिकसँग बैबाहिक सम्बन्ध भएका विदेशीका बाबु, आमा, दाजु, भाइ, दिदी वा वहिनी
निजलाई भेट्न आउने भएमा वा नातेदार भेट्ने प्रयोजनका लागि आउने अन्य विदेशीलाई प्रति
महिना १५ अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(छ) नेपाल सरकार वा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थासँग ठेक्का पट्टामा काम गर्न श्रम
स्वीकृती प्राप्त वा सन् १९८९ भन्दा अघिदेखि नेपालमा कुनै कारोवार गरि बसेका चिनीया
नागरिकहरुलाई प्रति महिना २० अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(ज) दातृराष्ट्र र नेपाल सरकारबीच सम्झौता भई दातृराष्ट्रको प्रत्यक्ष लगानीमा सञ्चालित गैर
सरकारी संस्थामा कार्यरत विदेशी र तिनका आश्रित परिवारलाई प्रति महिना ३० अमेरिकी डलर
बराबरको नेपाली मुद्रा ।
(झ) अन्य विदेशीहरुलाई प्रति महिना ६० अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(ञ) क्रम संख्या ४ को खण्ड (ङ) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यागमन नियमावली,
२०५१ लागु हुनु भन्दा अघि विदेशी सम्बन्धी नियमावली, २०३२ बमोजिम निशुल्क भिसा प्राप्त
गरिसकेका नेपाली पुरुष नागरिकसँग बैबाहिक सम्बन्ध भएका विदेशी महिलालाई बैबाहिक
सम्बन्ध कायम रहेसम्म भिसा दस्तुर लाग्ने छैन ।
५. ब्यावसायिक भिसा जारी गर्दा वा म्याद थप गर्दा लाग्ने ब्यावसायिक भिसा जारी गर्दा वा म्याद थप गर्दा लाग्ने ब्यावसायिक भिसा जारी गर्दा वा म्याद थप गर्दा लाग्ने दस्तुर :-
(क) एक करोड रुपैयाँ भन्दा बढी ब्यक्तिगत लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिलाई एक बर्ष भन्दा कम अवधिको भिसा जारी हुने अवस्थामा ब्यावसायिक भिसा जारी गर्दा मासिक दश अमेरिकी डलर बराबरको नेपाली मुद्रा, बार्षिक रुपमा बहुप्रवेशी व्यावसायिक भिसा जारी गर्दा एक सय अमेरिकी डलर बराबरको नेपाली मुद्रा र पाँच बर्षको बहुप्रवेशी व्यावसायिक भिसा लिन चाहेमा तीन सय अमेरिकी डलर
बराबरको नेपाली मुद्रा ।
(ख) एक करोड रुपैयाँ र सो भन्दा कम ब्यक्तिगत लगानी गर्ने बिदेशी र तिनका आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिलाई एक बर्षभन्दा कम अबधिको भिसा जारी हुने अवस्थामा बहु प्रवेशी व्यावसायिक भिसा जारी गर्दा मासिक ३० अमेरिकी डलर बराबरको नेपाली मुद्रा, बार्षिक रुपमा बहुप्रवेशी व्यावसायिक भिसा जारी गर्दा तीन सय अमेरिकी डलर बराबरको नेपाली मुद्रा र पाँच बर्षको बहुप्रवेशी व्यावसायिक भिसा लिन चाहेमा एक हजार अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(ग) नेपालमा उत्पादित मालसामान खरिद गरी निकासी गर्ने वा निकासीको लागि खरिद आदेश दिने बिदेशीहरुलाई क्रम संख्या ५ को खण्ड (क) बमोजिमको भिसा दस्तुर लाग्नेछ ।
(घ) क्रम संख्या ५ को खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश करोड रुपैयाँ वा सो भन्दा बढी ब्यक्तिगत लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिलाई बहुप्रवेशी ब्यवसायिक भिसा जारी गर्दा भिसा दस्तुर लाग्ने छैन ।
(ङ) प्रविधि हस्तान्तरण प्रयोजनका लागि आउने विशेषज्ञ र निजको आश्रित परिवारलाई क्रम संख्या ५
को खण्ड (ख) मा उल्लेख भए बमोजिम भिसा दस्तुर लाग्नेछ ।
६. अन्तरिम भिसा जारी गर्दा लाग्ने दस्तुर :- पाँच अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा ।
७. गैर आवासीय नेपाली भिसा जारी गर्दा वा म्याद थप गर्दा ला गैर आवासीय नेपाली भिसा जारी गर्दा वा म्याद थप गर्दा लाग्ने दस्तुर:- बहुप्रवेशी भिसाका लागि बार्षिक १०० अमेरिकी डलर बराबरको नेपाली मुद्रा र अध्ययन गर्न आउने बिद्यार्थीका हकमा बार्षिक २५ अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
८. बहुप्रवेशी सुविधा सहित आवासीय भिसा जारी गर्दा वा नवीकर बहुप्रवेशी सुविधा सहित आवासीय भिसा जारी गर्दा वा नवीकरण गर्दा लाग्ने दस्तुर गर्दा लाग्ने दस्तुर :-
(क) प्रथम पटक २०० अमेरिकी डलर बराबरको नेपाली मुद्रा र नवीकरण गर्दा बार्षिक १०० अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
(ख) नियमावलीको नियम ११ को उपनियम (१) को खण्ड (ङ) बमोजिमको विदेशीका लागि प्रथम पटक ७०० अमेरिकी डलर बराबरको नेपाली मुद्रा र नवीकरण गर्दा बार्षिक १२०० अमेरिकी
डलर बराबरको नेपाली मुद्रा । (ग) क्रम संख्या ८ को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यागमन नियमावली,
२०५१ मा भएको प्रथम संशोधन, २०५८ लागु हुनु पूर्व उक्त नियमावलीको नियम ११ को उपनियम (१) को खण्ड (ङ) बमोजिम आवासीय भिसा प्राप्त गरी नेपालमा बसि आएका विदेशीहरुलाई नवीकरण दस्तुर बापत बार्षिक १०० अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
९. व्यावसायिक, अध्ययन र गैर पर्यटक भिसाको म्याद थप नगरी ब व्यावसायिक, अध्ययन र गैर पर्यटक भिसाको म्याद थप नगरी बसेको विदेशीको भिसा नियमित गर्दा विदेशीको भिसा नियमित गर्दा
लाग्ने दस्तुर :-
(क) व्यावसायिक, अध्ययन र गैर पर्यटक भिसाको सिफारिस विभागमा दर्ता भएको मितिदेखि मात्र सिफारिस गरिएको भिसा प्राप्त हुने भएकाले समयमै भिसाको म्याद थप नगरी बसेका विदेशीका हकमा सम्बन्धित निकायबाट पुन सोही भिसाको सिफारिस प्राप्त भएमा म्याद थप नगरी बसेको अवधिका हकमा पहिले जुन भिसामा बसेको हो सो भिसा बापत यस नियमावली बमोजिम लाग्ने दस्तुरमा सत प्रतिशत थप दस्तुर लाग्नेछ तर साविक भिसा पर्यटक भिसा भएमा १५० दिनको अबधि भित्रको भए क्रम संख्या २ बमोजिम पर्यटक भिसाको म्याद थप वा नियमित गर्दा लाग्ने दस्तुर सरहको दस्तुर ।
(ख) क्रम संख्या ९ को खण्ड (क) बमोजिम पुन सिफारिस प्राप्त नभएमा १५० दिनको अबधिभित्रको भए क्रम संख्या २ अनुसार पर्यटक भिसाको म्याद थप वा नियमित गर्दा लाग्ने दस्तुर सरहको दस्तुर र सो अबधि भन्दा बढी भए ऐनको दफा १० को उपदफा (४) बमोजिम जरिवाना समेत
लाग्ने छ ।
१०. पर्यटक भिसा बाहेक अन्य भिसाको मान्य अवधिसम्म मात्र कायम १०. पर्यटक भिसा बाहेक अन्य भिसाको मान्य अवधिसम्म मात्र कायम रह ने गरी एक प्रवेशी र बहुप्रवेशी ने गरी एक प्रवेशी र बहुप्रवेशी सुविधा लिनु सुविधा लिनु परेमा लाग् परेमा लाग् परेमा लाग्ने दस्तुर :- एक प्रवेशीका लागि २० र बहु प्रवेशीका लागि ६० अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
११. अन्य दस्तुर :-
(क) प्रवेशस्थलबाट भिसा नलिई प्रवेश गर्ने विदेशीलाई पर्यटक भिसा जारी गर्नु परेमा यस नियमावली बमोजिम लाग्ने दस्तुरमा ५० प्रतिशत थप गरी सो बराबरको नेपाली मुद्रा लाग्नेछ ।
(ख) यात्रा अनुमतिपत्र जारी गर्दा ३० अमेरिकी डलर बराबरको नेपाली मुद्रा लाग्नेछ ।
(ग) आगमन वा प्रस्थान प्रमाणित गर्दा वा भिसा स्थानान्तरण गर्नु परेमा २ अमेरिकी डलर बराबरको नेपाली मुद्रा लाग्नेछ ।
(घ) क्रम संख्या ११ को खण्ड (क) मा जेसुकै लेखिएको भए तापनि यस नियमावली बमोजिम प्रवेश भिसा दस्तुर नलाग्ने ब्यवस्था भएका विदेशी (दश वर्ष मुनिका बाहेक) प्रवेशस्थलबाट भिसा नलिई प्रवेश गरेमा बिभागबाट प्रवेश भिसा जारी गर्दा क्रम संख्या १ को खण्ड (क) वा (ख) वा (ग) बमोजिमको दस्तुर बराबरको नेपाली मुद्रा र यस नियमावली वा नेपाल सरकारले भिसा दस्तुर नलाग्ने व्यवस्था गरेका विदेशीले भिसाको म्याद थप नगरी बसेमा भिसा नियमित गर्दा १६ वर्ष मुनिका विदेशीका हकमा निजका अभिभावक र १६ वर्ष माथिका विदेशीका हकमा राहदानी वाहकलाई ऐनको दफा १० को उपदफा (४) अनुसार जरिवाना हुन सक्नेछ ।
१२. भिसा दस्तुरको गणना भिसा दस्तुरको गणना भिसा दस्तुरको गणना :- पर्यटक भिसा बाहेक अन्य भिसाको दस्तुर गणना गर्ने प्रयोजनका लागि अबधि गणना गर्दा १५ दिन भन्दा कम अबधिको भए १५ दिनसम्मको र १५ दिनभन्दा बढी एक महिना भन्दा कम अबधिको भए १ महिनाको भिसा दस्तुर लाग्ने गरी दस्तुरको गणना गरिने छ ।
१३. आवासीय भिसाको नवीकरण नगरी बसे आवासीय भिसाको नवीकरण नगरी बसे आवासीय भिसाको नवीकरण नगरी बसेका विदेशीलाई लाग्ने दस्त का विदेशीलाई लाग्ने दस्तुर:-आवासीय भिसा नवीकरण नगरी बसेका विदेशीको भिसा नवीकरण गर्दा नियम बमोजिम लाग्ने दस्तुरमा मासिक ३० अमेरिकी डलर बराबरको नेपाली मुद्रा थप दस्तुर लाग्ने छ ।
१४. गैर आवासीय नेपाली भिसाको म्याद थप नगरी बसेका विदेशी गैर आवासीय नेपाली भिसाको म्याद थप नगरी बसेका विदेशीलार्ई लाग्ने दस्तुर :- लाग्ने दस्तुर गैर आवासीय नेपाली भिसा म्याद थप नगरी बसेका विदेशीको म्याद थप गर्नु परेमा यस नियमावली बमोजिम लाग्ने दस्तुरमा मासिक १० अमेरिकी डलर बराबरको नेपाली मुद्रा थप दस्तुर लाग्नेछ ।